७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

शीर्ष चार क्लब रियल मड्रिड, बार्सिलोना, एट्लेटिको र सेभियाले अंक बाँडे


२ जेठ, काठमाडाैँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष क्लब रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया बराबरीमा रोकिएका छन् । ला लिगाको उपाधि जितिसकेको रियल रेलिगेशन क्षेत्रको क्याडिजसँग १-१ गोलको बराबरीमा रोकियो । रियलका लागि मारियानो डियाजले गोल गर्दा क्याडिजका रुवेन सोब्रिनोले बराबरी गोल फर्काए ।

बराबरीसँगै रियलको ३७ खेलबाट ८५ अंक छ । क्याडिज ३६ अंक जोडेर १७औँ स्थानमा छ । अर्क खेलमा एट्लेटिको घरेलु मैदानमा सेभियासँग १–१ गोलको बराबरीमा रोकियो । एट्लेटिकोका जोश जिमिनेजले सुरुआती गोल गर्दा सेभियाका युस्सुफ इन न्यास्रीले बराबरीमा गोल फर्काए ।

बराबरीपछि एट्लेटिको ६८ अंक जोडेर तेस्रो स्थानमा छ । सेभिया ६७ अंक जोडेर चौथो स्थानमै रह्यो । अर्को खेलमा क्याटलान क्लब बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकियो । घरेलु टोली गेटाफेविरुद्ध दवाव सिर्जना गरेपनि बार्सिलोनाले गोल गर्न सकेन । बराबरीसँगै बार्सिलोना ३७ खेलबाट ७३ अंक जोडेर दोस्रो स्थानमा छ । गेटाफे ३९ अंक जोडेर १४औं स्थानमा छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०७:५४