३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

कञ्चनपुरमा कर्फ्यू, बलात्कारीलार्इ कारबाही गर्न प्रहरीलार्इ कसले रोक्यो ?

७ भदौ, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर जिल्लाको भिमदत्त नगरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन चाैँथाे दिन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

आन्दोलन नियन्त्रणमा लिन प्रहरी असफल भएपछि अाज दिउँसोबाट अनिश्चितकालका लागि कर्फ्यू अादेश जारी गरिएको छ । प्रदर्शन जारी रहेका सबै स्थानमा कर्फ्यू अादेश जारी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । यसअघि प्रहरीको गोली लागि चार जना प्रदर्शनकारी घाइते भएका छन ।

प्रहरीले पक्राउ गरेका अभियुक्तप्रति अाम जनताले विश्वास गर्न सकेका छैनन । जसका कारण प्रहरी नै बलात्कारी बचाउने अभियानमा लागेको अाशंकामा स्थानीय उग्र बनेका छन । प्रहरीलार्इ बलात्कारीलार्इ कारबाही गर्न कसले र किन रोक्यो भन्ने प्रश्न पेचिलो बनेको छ ।

यो पनि पढ्नुहोस्

कञ्चनपुरमा गोली चल्यो, चार जना घाइते

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १४:५३