११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

१ जेठ, भादगाउँ । चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए । त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन ।

प्रकाशित मिति : May 15, 2022 at 5:03 pm