विद्युत प्राधिकरणको लापरवाहीले नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु, दुर्इ जना घाइते
७ भदाै, नुवाकोट । नुवाकोट जिल्लाको लिखु गाउँपालिका १ ढिकुरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
करेन्ट लागेर वडा नम्बर १ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लाग्दा शान्ति बजारकै ५५ वर्षिय लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नपा–१२ मदानपुरकी १७ वर्षिया सदिक्षा पौडेल घाइते भएका छन् ।
३३ हजार के.बी.ए.को प्रसारण लाइनको पोल बाटोमा ढल्केर तार झोल्लिइरहेको ठाउँमा उनीहरूलार्इ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणको लापरवाहीले ज्यान गएको भन्दाै मृतकका अाफन्तले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका छन ।
प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १२:५२