१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नुवाकोटको बेलकोटगढी १ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा सन्तबहादुर तामाङ

१ जेठ, काठमाडाैँ । बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका सन्तबहादुर तामाङको प्यानल नै विजयी भएको छ । प्राप्त मतपरिणाम अनुसार तामाङले ४१६ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतद्धन्द्धी नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद ढुंगानाले ३६९ मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका नवराज खतिवडाले ३०४ मत प्राप्त गरेका छन । त्यस्तै राप्रपाका सन्तोष पुडासैनीले २३ मत प्राप्त गरेका छन ।

वडा सदस्य तीन जनामा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन । खुला सदस्यमा एमालेका शिवकुमार सापकोटा र दुर्गाबहादुर तामाङ विजयी भएका छन । सपकोटाले ४०६ मत प्राप्त गरेका छन भने तामाङले ४०५ मत प्राप्त गरेका छन । त्यस्तै महिला सदस्यमा एमालेकै ज्ञानु सिग्देल विजयी भएकी छिन । उनले ४३७ मत प्राप्त गरेकी छिन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १०:१६