गेर्खुको बाढी पीडितको अवस्था बुझ्न सांसद पाण्डे घरघरमै
६ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् नुवकाेट प्रतिनिधिसभा निर्वाचन क्षेत्र प्रदेश क का सांसद केशव पाण्डेले जिल्लाको विदुर नगरपालिकाको गेर्खुमा रहेका पहिरो र बाढी पीडितको घरघरमै पुगेर अवस्था बुझेका छन ।
केही दिन अघि अाएको बाढीले गेर्खुका स्थानीय प्रभावित बनेका थिए भने सदरमुकाम जाेड्ने र रसुवा जाने पुल भत्किएपछि डाइभर्सन तयार गरी सवारी सञ्चालनमा ल्याइएकाे छ ।
स्थानीय जनप्रतिनिधिलार्इ साथमा राखेर बाढी पीडितको लगत संकलन गरेर क्षतिकाे यकिन विवरण तयार गर्न निर्देशन दिए । सांसद पाण्डेले तत्कालै राहतका निम्ति अाफूले पहल गर्ने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार २२:४६