रसुवाको उत्तरगया-१ मा एमालेको प्यानल नै विजयी
३१ वैशाख, रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
नेकपा एमालेका मारसिङ तामाङले ५६० मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत ल्याए।
यस्तै सदस्यहरूमा सन्च घले, बुटि तामाङ र ज्ञानु विक विजयी भएका छन् । २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिबाट बमबहादुर तामाङले जितेका थिए। यस पटक उनी कांग्रेसबाट उम्मेदवार बनेका थिए।
प्रकाशित मिति : May 14, 2022 at 4:01 pm









