११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

मकवानपुरको इन्द्रसरोवर-१ मा कांग्रेस विजयी

https://www.muktinathbank.com.np/online/loan-application

३१ वैशाख, हेटाैंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । १ नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगरले ७५३ मत प्राप्त गरि विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतले ५९४ मत प्राप्त गरेका छन् ।

यस्तै वडा सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर, बुद्ध घिसिङ्ग, गोमा लामा विजयी भएका छन् भने दलित सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई निर्वाचित भइन् ।

प्रकाशित मिति : May 14, 2022 at 12:33 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/