११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

३१ वैशाख, किमाथाङ्का । सङ्खुवासभामा मतगणना सुरु गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शुक्रबार राति १२ बजेबाट मतगणना सुरु गरिएको हो । अहिले खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिका मतगणना जारी छ । जिल्लामा चार सय पदका लागि एक हजार ११ जनाले उम्मेदवारी दिएका थिए । जिल्लाभर ६० हजार ६७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी एक लाख १७ हजार ७३१ मतदाता छन् । जिल्लामा १०३ मतदानस्थल र १६२ मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति : May 14, 2022 at 12:11 pm