१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बिस्कुटकाे भरमा निर्वाचनमा खटिँदै सुरक्षाकर्मी (फाेटाेफिचर)

३० वैशाख, मुगु । मुगुमा सुरक्षाकर्मी भाेकभाेकै निर्वाचनमा खटिनु परेकाे छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रकाे घेरामा रहेका नेपाल प्रहरी बिस्कुटकाे भरमा खटिरहेका छन्। छायाँनाथ रारा नगरपालिका-५ मा रहेकाे नेपाल राष्ट्रिय आधारभूत विद्यालयकाे मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । उनीहरु एक पाकेट बिस्कुटकाे भरमा निर्वाचनमा खटिनु परेकाे वरिष्ठ हवल्दार सीता कुमारी खत्रीले जानकारी दिइन् । ‘ बिहानै आएर खटिरहेका छाैँ, अहिलेसम्म खाना खान पाइएकाे छैन । एक पाकेट बिस्कुट खाएर भए पनि निर्वाचन मा खटिरहेका छाैँ,’ उनले भनिन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १४:१५