१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती गरिन् मतदान

३० वैशाख, मुगु । मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् । छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १३:४४