८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कार्यकर्ताबीच विवादले मतदान स्थगित

खलंगा, ३० वैशाख । दार्चुलाको दुहुँ गाउँपालिका १ का उम्मेदवारका एजेन्टबीच विवाद हुँदा पिपलचौरी मावि मतदान केन्द्रको मतदान स्थागित भएको छ । बाजुराका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा एजेन्टबीच विवाद हुँदा मतदान स्थागित भएको हो । अहिले समस्या समाधानका लागि सर्वपक्षीय छलफल भईरहेको प्रहरी प्रमुख विष्टले बताए ।

प्रकाशित मिति : May 13, 2022 at 11:34 am