१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

प्रधानमन्त्री ओलीको टाउको बाँदरको शरीरमा जोडिएको फोटो फेसबुकमा सेयर गर्ने सचिव पक्राउ

६भाद्र,काठमाडौं । प्रधानमन्त्री ओलीको टाउको बाँदरको शरीरमा जोडिएको फोटो फेसबुकमा सेयर गर्ने सचिव होमनाथ सिग्देल पक्राउ परेका छन् ।   प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्‍जालमार्फत नकारात्मक टिप्पणी गर्ने  सिग्देललाई प्रहरीले काठमाडौंको बबरमहलबाट पक्राउ गरेको छ । भक्तपुर, सुर्यविनायक नपा–३ घर भएका  काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव सिग्देललार्इ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

यसरी सामाजिक सञ्जालको दुरुपयोग गरी अर्कोको तस्बिर वा अन्य कुनै कार्टुन प्रयोग गरी चरित्र हत्या गर्नेलार्इ विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको अभियोगमा १ लाख जरिवाना तथा पाँच वर्ष कैद हुने कानुनी व्यवस्था छ। थप अनुसनधान भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 16:22