भोट हालेपछि प्रकाशमानले भनेः मेराे श्रीमती भएर हाेइन सिर्जनाले पार्टीको नेताको हैसियतले टिकट पाइन्
३० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् ।उनीसँगै उनकी श्रीमती तथा काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौँ महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीहरूको अपेक्षा अनुसार काम हुने बताए । परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रष्ट पारे ।
प्रकाशित मिति : May 13, 2022 at 8:47 am









