१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

चुनावकालागी काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । 

२९, वैशाख । स्‍थानीय तहको निर्वाचनकालागी तयारी रहेको काठमाडौ महानगर पालीकामा करिब तीन लाख २४२ मतदाता रहेको  छ । का.म.पा को वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् ।

दोस्रोमा अत्‍याधिक मतदाता हुने वडा नं ३२ रहेको छ । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । त्यसैगरी सबैभन्दा कम मतदाता हुने वडा नं. १  हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् ।

वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् । वडा २० मा ४ हजार ६१४ मतदाता छन् । का.म.पामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा मतदानस्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन् । यसैगरी वडा १६ मा १० केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९-९ वटा केन्द्र छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नंं हो । जसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २-२ वटा मात्र केन्द्र छन् । यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३-३ वटा मतदान केन्द्र छन् ।

सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा नं. ३१ र ३२ मा २२-२२ वटा मतदानस्थल छन् । धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो । यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ ।

प्रकाशित मिति : May 12, 2022 at 2:37 pm