८ असार २०८३, सोमबार | Mon Jun 22 2026

धर्मेन्‍द्र बास्‍तोला सहित ३ जना प्रहरी नियन्‍त्रणबाट रिहा भए

२९ वैशाख । बुटवल स्‍थित बम विस्‍फटको आशंकामा प्रहरी नियन्‍त्रणमा रहेका  नेकपा बहुमत पार्टीका केन्द्रीय अध्यक्ष धर्मेन्द्र वास्तोलासहित ३ जनालाई प्रहरीले छोडेको छ । बुटवलमा भएको बम विस्फोटमा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि प्रहरीले उनीहरूलाई निगरानीमा राखेको थियो ।

प्रहरी सोधपुछ पश्चात् लिखित कागज गरेर प्रहरीले उनलाई छाडेको हो । पोखराबाट नेपालगन्ज जाने क्रममा दाङको भालुबाङ्गवाट उनी पक्राउ परेका थिए । नेत्र विक्रम चन्दले निर्वाचन जाने निर्णय गरेपछि वास्तोलाले अलग पार्टी घोषणा गरेर निर्वाचन बहिस्कार अभियान रहेको सार्वजनिक भनाइ राखेको थियो । हिजो बुटवलमा बम बिस्फोट भएपछि सो स्थानमा बहुमत पार्टीको पर्चा भेटिएपछि प्रहरीले वास्तोलालाई नियन्त्रणमा लिएको थियो ।

 

प्रकाशित मिति : May 12, 2022 at 12:59 pm