मतदान केन्द्रमा के लगेर को जान पाउने? ध्यान दिनुपर्ने कुराहरू
२९ वैशाख, काठमाडाैँ । स्थानिय तहको निर्वाचनकालागी शुक्रबार हुन गइरहेको निर्वाचन आयोगको तयारीहरु चरम विन्दुमा पुगेको देखिन्छ । निर्वाचन सम्बन्धी आयोगले मतदानको शिक्षा र सचेतना सँगै अन्य सामाग्रीहरुको चेतनालाई सामाजिक संजाल मार्फत सम्प्रेषण गरिरहेको छ ।
निर्वाचन आयोग निर्देशन अनुसार वैशाख ३० मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्तिले मात्र प्रवेश गर्न पाउने छ ।
यस्तै महिला मतदाताको साथमा रहेको बढीमा ५ वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यले मात्र प्रवेश पाउने छन् । यसैगरी आचारण उल्लंघन गरी मादक पदार्थ सेवन गरेर उपस्थित मतदातालाई मतदान गर्न नपाउने भनिएको छ ।
आयोगका अनुसार मादक पदार्थ सेवन गरेको व्यक्ती मतदाता भए पनि मतदान गर्न नपाउने भनि निर्देशन जारी गरिएको छ । मतदान केन्द्रमा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, हात हतियार लैजान आयोगले जानकारी गरेको छ । साथै नमुना मतपत्र, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत भएको वस्तु पनि लैजान नपाइने आयोगले जनाएको छ।

प्रकाशित मिति : May 12, 2022 at 12:01 pm









