९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आयो, नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब

२८ वैशाख, काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १६:१३