मुलुकको विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको होः अध्यक्ष ओली
२७ वैशाख, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको भन्दै यसलाई पूरा गर्ने अभिभारासमेत एमालेकै भएको बताएका छन् । झापाको कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एमालेले नै लोकप्रिय कार्यक्रम र योजना ल्याएको जिकिर गरे ।
देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दाबी गर्दै अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै सबै उम्मेदवारलाई विजय गराउन आग्रह गरे । ओलीले आजै मोरङको मिक्लाजुङ, झापाको कमल र गौरीगञ्ज गाउँपालिका तथा दमक नगरपालिका, गौरादह र भद्रपुर नगरपालिकामा भएका चुनावी सभालाई सम्बोधन गरे ।
प्रकाशित मिति : May 10, 2022 at 8:18 pm









