७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अभ्यास खेलमा जर्जको दुई गोल


२७ वैशाख, काठमाडौं । जेठ अन्तिम साता एएफसी एसियन कप–२०२३ छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास खेलमा अफ्रिकन क्लब एभिनिर एफसीविरुद्ध ४–१ को जित निकालेको छ ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा जर्ज प्रिन्स कार्कीको दुई गोल मद्दतमा नेपालले सहज जित पाएको हो । तेस्रो भेटमा जित निकाल्ने क्रममा जर्जले दुई गोल गर्दा मनिष डांगी र दर्शक गुरुङले एक एक गोल गरे । यस अघि समेत नेपालले एभिनिरसँग दुई पटक खेलेको थियो । दुवै खेल गोलरहित बराबरीमा समाप्त भएको थियो ।

नेपाली टिम शुक्रबार कतार प्रस्थान गर्ने तयारीमा छ । नियमित टोलीका १० खेलाडी टिम बाहिर रहेको अवस्थामा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले टोलीलाई कतारमा अभ्यास गराउँदैछन् ।

यसबीचमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । तर मैत्रीपूर्ण खेलको सम्भावना कम रहेको एन्फा स्रोतले न्युज कारखानालाई बतायो । एसियन कप छनोटमा नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार १८:३३