एमालेले चुनाव जिते शुक्लागण्डकी नगरपालिका यस्तो हुनेछ
२६ वैशाख, तनहुँ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेकपा (एमाले) शुक्लागण्डकी नगरपालीकाका मेयर लगायतको उमेद्वारहरुको टिमले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकासमा जोड दिएका छन । कृषिको आधुनीकरण गर्दै यस क्षेत्रको सामाजीक, आर्थिक रूपान्तरण गर्न प्रतिबद्धता शुक्लागण्डकी नगरपालिकामा नेकपा (एमाले)को तर्फवाट मेयर पदका उम्मेदवार मुक्तिनाथ तिमिल्सेनाले व्यक्त गरे ।
पाँच वर्ष भित्र शुक्ला गण्डकी नगर भित्रका सम्पूर्ण सडकहरुको विस्तार र स्तरोन्ती गरी पिच गर्ने र नगरवस संचालन गरिने तिमिल्सेनाले बताए ।निर्वाचनमा विजय भएमा शुक्ला गण्डकी नगरलाई खाद्यान्यण आत्मानिर बनाउदै पशुपन्छी , मौरी र माछा पालन वसायलाई प्रवर्दन गर्ने उनले बताएका छन । सम्पूर्ण कृषियोग्य भूमिमा सिचाई सुविधा छुट्याउने योजना ब तिमिल्सेनाले बताए ।
शुक्लागण्डकीको पर्यटन प्रवर्द्धनको लागि यस क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको संरक्षण गर्ने, साहसिक पर्यटन प्रवदन गर्ने नयाँ ट्रेकिङ् स्पटहरु खोल्ने तथा होमस्टेहरुलाई प्रवर्द्धन गरिने उनले बताएका छन ।

मेयरका उम्मेदवार तिमल्सिनाले शुक्लागण्डकी नगरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउनको लागि कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने र विद्यालय तथा उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीहरूका लागि छात्रवृतिको व्यवस्था गर्ने उल्लेख गरेका छन । आधुनिक प्राविधिक शिक्षालाई जोड दिँदै भानुभक्त बहुमुखी वयाम्पस गण्डकी विश्वविद्यालयसँग सम्भाव्य सम्मनाक्ष गरी टिचिङ अस्पताल संचालन गर्ने योजना पनि तिमिल्सिनाले अघि सारेका छन । उनले नगरपालिका भित्रका विद्यालयमा पर्याप्त जनशक्ति व्यवस्थापनका लागि निजी श्रोतका शिक्षकका लागि दरबन्दी सृजना गरिने पनि बताएका छन ।
शुक्लागण्डकी नगरबासीका स्वास्थ्यको जिम्मा समेत नगरपालिकाले लिने घोषणा गरेका छन । मेयरका उम्मेदवार तिमिल्सिनाले नगरपालिकाले नगरबासीको स्वास्थ्य बीमा लगायत गुणस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गर्ने उल्लेख गरेका छन । उनले गरिबीको रेखामुनी रहेका नगरबासीलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
नेकपा एमालेले नगरपालिकामा विजय पश्चात युवाहरूलाई विभिन्न तालिमहरूको व्यवस्था गरेर आत्मनिर्भर बनाउने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन । उनले विजुली, मोबाईल मर्मत, सिलाईकटाई, प्लम्बिङ, कम्प्युटर तालिमको व्यवस्था गरी रोजगारका लागि योग्य जनशक्ति उत्पादनमा नगरपालिकाले काम गर्ने बताएका छन ।
प्रकाशित मिति : May 9, 2022 at 10:17 pm









