८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कांग्रेसले धोका दिन खोजेको प्रचण्डको आरोप, भने षडयन्त्र स्वीकार्य हुँदैन

२६ वैशाख, कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनमा कांग्रेसबाट धोका हुन खोजेको अारोप लगाएका छन । उनले कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गर्दै सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभामा यस्तो बताएका हुन ।

प्रचण्डले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको बताए । उनले धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको समेत बताए । बेइमानी र षडयन्त्र स्वीकार्य नहुने भन्दै उनले भने ‘अब सजग हुँदै अघि बढ्नुपर्छ ।’

प्रकाशित मिति : May 9, 2022 at 1:09 pm