१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

चीनमा हुने तय भएको एसियन्स गेम्स स्थगित

२३ वैशाख, काठमाडौं । चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन गेम्स स्थगित भएको छ । १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता कोभिड-१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो ।

चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)ले विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको हो । प्रतियोगिताकै लागि नेपालले समेत आफ्नो तयारी सुरु गर्ने तयारीमै थियो । तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारी समेत प्रभावित हुने पक्का भएकाे छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १३:३६