१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेना अवरुद्ध

२३ वैशाख, जुम्ला । हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो ।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सेवा अवरुद्ध हुन पुगेको हो । काठमाडौंबाट सामान मगाइएको उनले जानकारी दिए ।

उनले भने, ‘सामग्री जहाजमा आउँदै छ । काठमाडौंबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’ सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १३:३१