७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

नेपालविरुद्ध जिम्बावे टस जितेर फिल्डिङ गर्दै


२३ वैशाख, काठमाडाैँ । नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल आजबाट सुरु भएकाे छ । कीर्तिपुरस्थित टियु मैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बावेले टस जितेको छ । र उसले फिल्डिङ गर्ने निर्णय लिएको छ ।

जिम्बावेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ । जिम्वाबेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । गत साता शनिबार नै नेपाल र जिम्बावेबीचको तीन एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन ।

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन ट्वान्टी-२० शृंखला आयोजना गरेको थियो । तीन ट्वान्टी-२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन ।

बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो । नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १०:३६