१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२३ वैशाख, धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुंदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्र बहादुर याखा रहेका छन् ।

कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।

प्रकाशित मिति : May 6, 2022 at 10:31 am