७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

राष्ट्रिय भलिबल : पुलिस हेल्प नेपालसँग पराजित


२२ वैशाख, काठमाडौं । गलकोट स्पोर्टस् क्लबले राजधानीमा जारी आरबिबी–एनभिए क्लब भलिबल लिग च्याम्पियनसिपको पुरुषतर्फ बिहीबार ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ ले पराजित गरेको छ ।

गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गर्‍यो । आजै सम्पन्न अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । हेल्प नेपालले २५–२३, २५–२३ र २५–२० को जित निकाल्दै आफ्नो खातामा थप ३ अंक जोड्यो । जितसँगै हेल्प नेपालको ११ अंक जोडेको छ ।

प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले समान ६ लाख, उपविजेताले तीन लाख, तेस्रो एक लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फको उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाइकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १८:०९