१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गठबन्धनको सरकारले स्थायित्व दिन्छ : डिना उपाध्याय

२२ वैशाख, चितवन । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन्।

भरतपुरमा बिहीबार आयाेजित गठबन्धनकाे आमसभालाई सम्बाेधन गर्दै उनले जनताकाे चाहनाअनुसार सरकार बनेको बताइन् । गठबन्धनले अब स्थानीय सरकार हाँक्ने भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि बढाउने जमर्को गरेकाे जानकारी दिइन् । गठबन्धनको निरन्तरता आवश्यक रहेकाे दाबी गर्दै उनले मतदाताले चाहेको गठबन्धनको निरन्तरता गर्न शिर्ष नेताले सुनिश्चितता गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : May 5, 2022 at 3:12 pm