२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

राष्ट्रिय भलिवलः महिलातर्फ एपीएफ र पुलिस विजयी हुँदा न्यु डायमन्ड पराजित


२२ वैशाख, काठमाडौं । आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ ।

एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गर्‍याे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो । जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोड्यो ।

आज नै भएको महिलातर्फको दोस्रो तथा अन्तिम खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्टस् क्लबलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्‍याे । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले डायमन्डलाई २५–११, २५–१७, २५–१५ को सोझो सेटमा हरायो । प्रतियोगितामा लगातार तेस्रो जित निकालेको पुलिस ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । साविक विजेता डायमन्डको मात्र एक अंक जोडेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १४:१७

https://srdb.com.np/