१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

लागु औषधसहित एक जना पक्राउ

२२ वैशाख, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षिय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९ एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ । उनलाई लागु औषध ऐनअनुसार कारबाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १३:५८