आचारसंहिता विपरित रेणुका लागि भोट माग्न देउवा भरतपुरमा, पानीले मञ्च नै भत्काइदियो
२२ वैशाख, चितवन । सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा परेको छ ।
भरतपुरको हाकिम चोकमा हिजो साँझ नै मञ्च तयार पारिएको थियो । तर रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् ।
महानगरको सभालाई निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम थियो । तर उनीहरूले सम्बोधन गर्ने र मञ्च र कार्यक्रम स्थाल पानीले डुबाइदिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुधबार नै चितवन पुग्नुभएको छ ।विपरित रेणुका लागि भोट माग्न जान लागेका थिए देउवा

प्रकाशित मिति : May 5, 2022 at 9:06 am









