१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

धादिङमा कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवारले लुटे पसलको सामान (भिडियोसहित)

२२ वैशाख, धादिङ । बिक्रीका लागि सदरमुकामबाट खरिद गरी गाउँ लैजांदै गरेको सामान कांग्रेस, एकीकृत समाजवादी र माओवादी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेताले लुटेका छन् । पसलको लागि लगिएको सामान लुटिएपछि धादिङको गंगाजमुना गाउँपालिका तावेलका एक व्यवसायी न्यायको खोजी गर्दै सदरमुकाम धादिङवेशी आईपुगेका छन् ।

धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावेलमामा रहेको रहेला रोजी एण्ड रोजन इन्टरप्राईजेज नामको होलसेल पसलमा बिक्रीका लागि लैजांदै गरिएको चार लाख मुल्य बराबरको सामानहरु सोमबार गाउँ नपुग्दै लुटिएको पसलका सञ्चालक रेशम तामाङले वताए ।

सदरमुकाम धादिङबेसीबाट खरिद गरी दुईवटा आईचर ट्रकमा राखेर गाउँ लैजांदै गरेको दाल,चिनी,प्लाई, पेट्रोल,डीजेल चामल, प्लाईउड, खानेपानी पाईप समेत गरी चार लाख मुल्य बराबरको सामान गंगाजमुना गाउँपालिकाको चिम्चोक नजिकैको जंगलबाट लुटिएको सञ्चालक तामाङले जानकारी दिए ।

लुटिएको सामान र वडा अध्यक्षका उम्मेदवार ।

सामान लुटपाटमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार पास्टर बल बहादुर तामाङ्ग संलग्न रहेको भन्दै दोषि माथि कारवाही र लुटिएको सामान फिर्ता गरिदिन पसल सञ्चालकले बुधवार जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी पेश गरेका छन् ।

सामान बोकेर जांदै गरेको ट्रकलाई चिम्चोक गाउँको बनबाट अघि बढ्न नदिई त्यहाँबाट गुम्दी तर्फ फर्काएर वडाअध्यक्ष उम्मेदवार बलवहादुरले गंगाजमुना ३ नम्बर वडाबाट आफ्ना कार्यकर्ता बोलाई मेरो अन्दाजी ४ लाख बारबारको सामान लुटपाट गरेको पसल सञ्चालक रेशमले जाहेरीमा उल्लेख गरेका छन् ।

आंफ्ु कुनै पनि पार्टीको साधारण सदस्य समेत नभएको कारण संरक्षण गरिदिने कोही नहुने भएपछि पसलको सामान लुटिएको हुन सक्ने रेशमको गुनासो छ । जिल्ला प्रहरी कार्यालयले जाहेरी प्राप्त हु्नासाथ त्यस्को जानकारी जिल्ला प्रशासनलाई पठाईसकेको जनाएको छ । प्रशासन कार्यालयले पनि इलाका प्रहरी कार्यालय फुलखर्क गंगाजमुनालाई बुधबारनै पत्र पठाई घटनाको यथार्थ बुझी हराएको सामान खोजी गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

लुटिएको सामान फिर्ता गरि दोषि माथि कडा भन्दा कडा सजाय हुनुपर्ने पसल सञ्चालकहरुको माग छ । नेपाली कांग्रेसको टोलीले भने पसलको सामान संगै चुनावको मुखमा गाउँमा बाँड्न एमालेका उम्मेदवारले पाईप ल्याएको सूचनाका आधारमा ४८ रोल पाईप नियन्त्रणमा लिएको वताएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवारहरुले लगाएको आरोप सरासर झुठो भएको र लुटिएको सामान सम्मान फिर्ता गरिदिन नेकपा एमाले धादिङका इन्चार्ज एवम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का सांसद खेम प्रसाद लोहनीले आग्रह गरेका छन् ।शक्तिको आडमा कानून हातमा लिएर अरुको सामान कव्जा गर्ने कार्यमा संलग्न भएकाहरु माथि कानून वमोजिम कारवाही हुनुपर्ने नेकपा एमालेले वताएको छ । पीडितको कुरा भिडियोमा सुन्न सकिन्छ ।

प्रकाशित मिति : May 5, 2022 at 8:33 am