२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

जिम्बाब्बे ए विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल


२१ वैशाख, काठमाडौं । जिम्बाब्बे  ए विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिलाबलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन ।

जिम्बाब्बे ए विरुद्ध पहिलो टी २० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चहान्छ ।

नेपाली टिम: 

सन्दीप लामिछाने (कप्तान) , आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १३:३८

https://srdb.com.np/