२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

राष्ट्रिय भलिबल : पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित


३२ वैशाख, काठमाडौं । गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै सावlक विजेता त्रिभुवन आर्मी क्लबको पुरुष टिमले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा शतप्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गल्कोटलाई २५–१२, २५–११, २५–२२ को सोझो सेटमा हरायो ।

प्रतियोगितामा आर्मीले लगातार तेस्रो जित निकाल्दा गल्कोटले लगातार तेस्रो हार हो । आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई र दोस्रो खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो । शतप्रतिशत नतिजा निकालेको आर्मीले ९ अंक बनाएको छ ।

यता, गल्कोट पहिलो खेलमा पुलिससँग सोझो सेटमा र दोस्रो खेलमा एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो । प्रतियोगितामा हेल्प नेपाल, नेपाल पुलिस, एपीएफ र गण्डकीले समान तीन अंक जोडेका छन् । गल्कोट र ढोरपाटन स्पोर्टस् क्लब अंकविहीन छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १६:१३

https://srdb.com.np/