९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

सुनको मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

१९ वैशाख, काठमाडौँ । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ११:४७