१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

कांग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी छाया अधिकारीको उम्मेदवारी रद्द

१५ वैशाख, हेटौंडा । नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छाया अधिकारीको उम्मेदवारी मनोनयन बदर भएको छ ।

अधिकारी विरुद्ध हाल राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै मनोनयन बदर हुनुपर्ने मागसहित उजुरी परेको थियो । उजुरी परेपछि अधिकारीले लिखित जवाफ पेस नगरेको र उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनको मौखिक बयानमा उनी हाल जागिरमै रहेको भनिएकाले उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए ।

गणक पद पारिश्रमिक पाउने पद रहेको र आफ्नो उम्मेदवारी बदर भएमा सहमत रहेको ब्यहोरा जानकारी गराएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार २२:१७