१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

१५ वैशाख, लमजुङ । लमजुङ प्रहरीले बहुविवाह मुद्दामा कैद फैसला सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले मर्स्याङ्दी गाउँपालिका-७ बस्ने वर्ष ४६ का शेरबहादुर अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीमाथि जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २ गते बहुविवाह कसुरमा मुद्दा दर्ता भएको थियो । अधिकारीलाई ११ महिना १० दिन कैदमा बस्नु पर्ने गरी २०७७ पुस ३ गते जिल्ला अदालत लमजुङबाट मुद्दा फैसला सुनाइएको थियो । अधिकारीलाई बिहीबार सदरमुकाम बेसीशहरबाट पक्राउ गरी जिल्ला अदालत लमजुङमा पेस गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : April 28, 2022 at 6:39 pm