पोखराको मेयरमा २८ र उपमेयरमा ११ को उम्मेद्वारी
यस्तै, संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चका अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ, आमूल परिवर्तन मसिहा पार्टीकी मुना बानियाँ, नेपालका लागि नेपाली पार्टीकी रोशनी बानियाँ, राष्ट्रिय नागरिक पार्टीकी सृजनादेवी रिजाल, देशभक्त समाजका रनबहादुर दमैको उम्मेद्वारी परेको छ ।
जनमत पार्टीका सरण सिंह मोक्तान, मौलिक जरोकिलो पार्टीका सन्जय तिमिल्सीना, राप्रपा नेपालका गोविन्द गुरुङ, सचेत नेपाली पार्टीका भोजराज खनाल, नेकपा समाजवादीका गोविन्दप्रसाद शर्मा, उन्नत लोकतन्त्र पार्टीका आशिष थापा र नेकपा माओवादी समाजवादीका भोजराज त्रिपाठीले उम्मेद्वारी दिए ।
स्वतन्त्रमा किशान सिंह गुरुङ, विमलबहादुर कार्की, खडकराज पौडेल, नवराज बास्तोला, रामराज अधिकारी, सुनिलबहादुर कोइराला, डिलबहादुर गुरुङ, नन्दप्रसाद तिवारी, ऋषिराम सापकोटाको मनोनयन दर्ता भएको छ । स्वतन्त्रबाट उम्मेद्वारी दिएका कार्की, तिवारी र सापकोटा गठबन्धनबाट बागी उम्मेद्वार हुन् । उनीहरु सबै कांग्रेस नेता हुन् । किशान भने विप्लव माओवादीबाट उम्मेद्वारी दिएका हुन् ।
पोखराको उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ र कांग्रेसकी कोपीला रानाभाटबीच बढी प्रतिश्पर्धा हुन्छ । यहाँ विवेकशील साझा पार्टीका माधव भण्डारी, राप्रपाकी रन्जना कुमारी सेन, मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर तामाङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका पदमबहादुर गुरुङ, राप्रपा नेपालकी चिना दवाडी, सचेत नेपाली पार्टीकी सोनी परियार, नेकपा समाजवादीकी शितला थापा, नेकपा माओवादी समाजवादीकी इन्द्र सुनार र स्वतन्त्रबाट सोममाया विक उम्मेद्वार बने । विक विप्लव माओवादीको नेतृ हुन् ।
नेकपा माओवादी समाजवादी र नेशनल मंगोल अर्गनाईसेजनबाट दुवै पदमा पुरुष उम्मेद्वार उठाएका छन् । मासले मेयरमा भोजराज त्रिपाठी र उपमेयरमा इन्द्र सुनारलाई उठाएको हो । उता नेशनल मंगोल अर्गनाईजेसनले मेयरमा प्रेमप्रसाद गुरुङ र उपमेयरमा रामबहादुर तामाङलाई उम्मेद्वार बनाएको छ । निर्वाचन मापदण्ड अनुसार एउटै पार्टीले उम्मेद्वार उठाउँदा मेयर र उपमेयरमा फरक लिंगको हुनुपर्ने अनिवार्य ब्यवस्था छ ।
प्रकाशित मिति : April 26, 2022 at 11:07 pm









