८ असार २०८३, सोमबार | Mon Jun 22 2026

वडा सदस्यमा पनि युवाको आकर्षण, नविन फुयाँल बने काठमाडाैँको कान्छो उम्मेदवार

१३ वैशाख, काठमाडाैँ । वैशाख ३० गते सम्पन्न हुनगइरहेको स्थानीय तहको निर्वाचनका निम्ति उम्मेदवारी मनोनयन गर्ने क्रममा युवाको उपस्थिति बाक्लो देखिएको छ । काठमाडौं महानगरदेखि देशभरका पालिकाहरुमा युवा उम्मेदवारको लर्को लागेको छ ।

यहीँ क्रममा काठमाडौंको तारकेश्वर नगरपालिकामा २२ वर्षका नवीन फुयाँलले वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन स्रोतबाट प्राप्त जानकारी अनुसार नवीन फुयाँल देशकै सम्भबत कान्छो उम्मेदवार बनेका छन् ।

तारकेश्वर नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा फुयाँलले सोही वडाबाट वडा सदस्यमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका फुयालको वडामा यो भन्दा अघिको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको वडाध्यक्ष विजयी भएका थिए ।

फुयाल ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न हुनुका साथसाथै नेपाली विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ७ प्रदेश ख कार्यसमितिको सभापति रहेका छन् । फुयाल अग्रज पुस्ता आशीर्वाद र युवा पुस्ताको साथ सहयोगमा जित्नेमा विश्वस्त देखिन्छन् ।

प्रकाशित मिति : April 26, 2022 at 3:38 pm