४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मेयर बन्न उपसचिवको जागिर छाडेका भुसाललाई कांग्रेसबाट धोका, टिकट आएन जागिर गयो


१३ वैशाख, चितवन । नेपाली कांग्रेसले मेयर टिकट दिने आशमा नेपाल सरकारको उपसचिवको जागिर छाडेका बिष्णुप्रसाद भुसाल जिल्लाराम भएका छन । कांग्रेसले अर्कैलाई टिकट दिएपछि उनी तनावमा नै परेका छन ।

कांग्रेस नेतासँग सल्लाह गरेर नवलपुरको देवचुली नगरपालिकामा मेयरमा चुनाव लड्न भनेर उपसचिवको जागिर छाडेका उनको हरिबिजोग भएको छ ।

उनलाई टिकट दिन्छु भनेर जागिर छाड्न सल्लाह दिनेमध्यकै एक जना अशोक बस्ताकोटीले कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारी दिएका छन । सोही नगरपालिकामा प्रशासकीय अधिकृत भएर काम गर्दा राजनीतिप्रति बढेको उनको आशक्तिले उनी फसेका हुन ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १५:१६