१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

कांग्रेसको घोषणापत्रमा डा भीम रावलको नाम, रावलले सामाजिक सञ्जालबाटै सोधे प्रश्न

१३ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता डा भीमबहादुर रावलको नाम नेपाली कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र पागलहरूको प्रलाप भएको र सबैले एक पढ्न अनुरोध गरेको केही घण्टापछि सामाजिक सञ्जाल ट्वीटर मार्फत डा रावलले आफ्नो नाम पनि कांग्रेसले घोषणापत्रमा लेखेको जानकारी दिएका छन ।

उनले सोको जानकारी दिँदै भनेका छन, ‘संविधान विपरीतको प्रतिनिधिसभा विघटन विरूद्ध अदालतमा मैले हस्ताक्षर गरेको नेकांले घोषणापत्रमा लेखेछ।राष्ट्रघाती प्रावधान भएका एमसीसी संगका दर्जन सम्झौता संसदलाई थाहा नदिई मूल सम्झौता होहल्ला बीच अनुमोदन गर्ने कुरा मुद्धा हाल्दा र गठबन्धको कार्यक्रममा थिएन भन्ने तथ्य किन नलेखेको ?’

रावलले एमसीसी सम्झाैताका बारेमा रावलले गरेको बिरोधको कुरा तथ्यगत ढंगले किन नलेखेको भन्दै प्रश्न गरेका छन ।

प्रकाशित मिति : April 26, 2022 at 1:46 pm