मकवानपुरमा पनि एमालेले खाता खोल्यो, इन्द्रसरोवरमा दुईजना वडा सदस्य निर्विरोध
१३ वैशाख, हेटाैँडा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइँ, र सोही गाउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएकी हुन । ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन ।
प्रकाशित मिति : April 26, 2022 at 1:29 pm









