१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

हेटौंडाको मेयर र उपमेयरमा जसपाको छुट्टै उम्मेदवार

१२ वैशाख, हेटाैँडा । हेटौंडा उपमानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा) ले छुट्टै उम्मेदवारी दिएको छ । ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर उम्मेदवारी दिएको हो ।

जसपाका तर्फबाट हेटौंडाको मेयरमा दिपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेसँगै जसपा गठबन्धनबाट बाहिरिएको हो । गठबन्धनको तर्फबाट भने मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बाँनियाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रकाशित मिति : April 25, 2022 at 8:18 pm