८ असार २०८३, सोमबार | Mon Jun 22 2026

गण्डकीमा पनि एमाले अगाडी, मनाङको नार्पाभूमीको उपाध्यक्षमा ज्याप्ले गुरूङ निर्विरोध

१२ वैशाख, पोखरा । नेकपा एमाले प्रदेश कमिटीले अध्यक्षको उम्मेद्वार बनाएर पठाएका व्यक्ति उपाध्यक्षमा निर्विरोध भएका छन् । एमालेले मनाङको नार्पाभूमी गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई उठाउने निर्णय गरेको थियो । तर उनी उपाध्यक्ष बनेका हुन् । उनी निर्विरोध भएको एमाले सचिव एवं गण्डकी प्रदेशकी इन्चार्ज पद्मा अर्यालले जानकारी दिएकी छिन ।

अध्यक्षमा कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा सहित ३ जना उठेका छन् । कांग्रेसबाटै कृष्णबहादुर लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेद्वारी दिएका हुन् । अध्यक्षमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ ।
यस्तै, वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित भए । बाँकी २ वडामा २/२ जना उठेका छन् ।

प्रकाशित मिति : April 25, 2022 at 8:10 pm