८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

एमालेले एक नम्बरबाट खाता खोल्यो, फक्तालुङ ७ को अध्यक्षमा छेतेन शेर्पा निर्विरोध


१२ वैशाख, विराटनगर । नेकपा एमाले स्थानीय तहको निर्वाचन २०७९ मा प्रदेश नम्बर १ बाट खाता खोलेको छ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा नेकपा एमालेका नेता छेतेन शेर्पा वडा अध्यक्षमा निर्विरोध भएका छन ।

अध्यक्ष शेर्पाको अनुसार उक्त वडामा कसैको पनि दोहोरो उम्मेदवारी परेको छैन । गउँका सबै पार्टीका प्रतिनिधिको भेलाले वडा अध्यक्षमा शेर्पालाइ सर्वसम्मत गराएर सोही अनुसार उम्मेदवारी दर्ता गरेको हो । उनीहरूले उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियामा पनि सहभागिता जनाएका छन ।

वडा सदस्यमा भने टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक सर्वसम्मत चयन भएका छन । निर्वाचन आयोगले निर्वाचनको प्रकिया पूरा गरेर शेर्पालाइ निर्बिरोध निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १८:४३