८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

दुप्चेश्वरमा एमालेबाट अध्यक्षमा योविन्द्रसिंह तामाङ र उपाध्यक्षमा सरस्वती थापाले दिइन उम्मेदवारी


१२ वैशाख, नुवाकोट । नुवाकोटको दुप्चेश्वरमा नेकपा एमालेबाट अध्यक्षमा योविन्द्रसिंह तामाङ र उपाध्यक्षमा सरस्वती थापा खड्काले उम्मेदवारी दर्ता गरेका छन ।  केहीबेरअघि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन ।

उम्मेदवारी दर्तामा सहभागी हुन नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली स्वयं निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । तामाङले आजै एमाले प्रवेश गरेर प्रवेश गरेको १० मिनेटमा टिकट लिएर नुवाकोट आएका हुन । उनी एमाले प्रवेश गर्न भने काठमाडौँ पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १६:१६