९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

टिकट नपाएपछि भक्तपुर कांग्रेसका खायमलीले दिए राजिनामा


१२ वैशाख, भक्तुपर । स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि भक्तपुरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले राजीनामा दिएका हुन् । उनले पार्टी अध्यक्षलाई सम्बाेधन गरी साेमबार राजीनामा दिएका हुन् ।

उनी पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी थिए । सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाट समेत अलग रहने बताउँदै पार्टी भक्तपुर जिल्ला समितिसमक्ष राजीनामा दिएका हुन् ।

उनले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पाराले लेखेका छन् । उनले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरुलाई माथि उकास्नुको सट्टा उल्टो अपमान गरेकोसमेत भाव राजीनामामा उल्लेख गरेका छन् । उनको राजिनामाले सूर्यविनायक कांग्रेसलाई अफ्ठ्यारो पर्ने आंकलन गरिएको छ ।

त्यसको फाइदा सिँधै एमालेलाई हुनसक्ने आंकलन गरिएको छ । गएको चुनावमा सूर्यविनायकमा एमालले झिनो मतले विजयी हासिल गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १३:०८