८ असार २०८३, सोमबार | Mon Jun 22 2026

विराटनगर महानगरमा कांग्रेसका नागेश कोइराला उम्मेदवार

१२ वैशाख, काठमाडौँ । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले नागेश कोइरालालाई छनोट गरेको छ ।

उनी नेता डा. शेखर कोइराला निकट हुन् । हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन् । कोइराला परिवारबाट उनको उम्मेदवार रहने भएपछि विराटनगर महानगरको चुनावी भिडन्त रोचक हुने ठानिएको छ ।

किनभने उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले आज मात्रै सागर थापालाई प्रमुख पदको उम्मेदवार बनाउने टुङ्गो गरेको छ ।विद्यार्थी राजनीतिबाट आएका उनी पनि बलिया उम्मेदवार हुन् ।

प्रकाशित मिति : April 25, 2022 at 12:04 pm