१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

सुनको मूल्य एक लाख दुई सय रुपैयाँ

१२ वैशाख, काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ५० रुपैयाँ ताेकिएकाे छ ।

प्रकाशित मिति : April 25, 2022 at 11:27 am