८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

नुवाकोटमा ध्रुव अधिकारीले पनि पार्टी छाडे, समाजवादीबाट चुनाव लड्ने


१२ वैशाख, नुवाकोट । नेकपा एमाले नुवाकोटका नेता ध्रुव अधिकारीले पनि पार्टी छाडेका छन । उनले सोमबार विज्ञप्ति प्रकाशित गर्दै आफूले एमालेले दिएको बागमती प्रदेश कमिटीको सदस्य र सूर्यगढी गाउँपालिकाको इन्चार्ज यसअघि पनि अस्वीकार गरेको र आजका मितिदेखि एमाले परित्याग गरेको जानकारी दिएका छन । सूर्यगढी नेकपा एमालेका जिल्ला अध्यक्ष बद्री मैनाली र एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्व विन्दा ढुंगानाको पालिका हो ।

उनले नेकपा एकीकृत समाजवादी प्रवेश गरेर सोही पार्टीबाट सूर्यगढीको अध्यक्षमा चुनाव लड्ने भएका छन । उनलाइ माओवादीले पनि सघाउने छ । यसअघि माओवादी र समाजवादीको बीचमा तालमेल गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ११:२७